मन्त्रिपरिषद् विस्तार गर्न शीर्ष ३ नेताको वार्ता

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूको भेट वार्ता सकिएको छ । आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी भएका थिए ।
नयाँ सरकार बनेको ४७ दिन हुँदासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्था सत्ता साझेदारी दलका शीर्ष नेताहरूको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् विस्तारका लागि शनिबार पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट वार्ता भएको थियो । बालुवाटार स्रोतका अनुसार बिहान साढे ९ बजेदेखि सुरु भएको बैठक सकिएको हो ।
अहिलेसम्म देउवाले कांग्रेसका २ मन्त्री र एक राज्यमन्त्री र माओवादी केन्द्रका २ मन्त्री मात्रै नियुक्त गरेका छन् ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया