सावित्रीको ‘मनको छाल’ विमोचन

सुकेको बोटमा गुलाफको फूल कस्तो अचम्म !
मायाको होला कि नजरको भूल कस्तो अचम्म !!
यस्तै गजलहरु संकलित सावित्री गिरीको “मनको छाल” बजारमा आएको छ ।
प्रकाशक जरा फाउन्डेसन अनामनगरले सो पुस्तक बजारमा ल्याएको हो ।
गजलकार,गायिका शीतल कादम्विनीले विमोचन कार्यक्रममा पुस्तकको प्रशंसा गरिन् ।
८४ वटा गजल संग्रहित उक्त पुस्तकमा देश विदेशमा बस्दा मनमा आएका शब्दहरु संकलित रहेको गजलकार सावित्री गिरीले जानकारी दिइन् ।
एनले विगत लामो समय दखिको लामो वैदेशिक रोजगारीलाई बिट मारेर नेपाल फर्के लगत्तै कोभिड १९ को विश्वव्यापी विषम परिस्थिति आएको र सोही समयमा कृति जन्माउने जर्मर्को गरेको बताईन् ।
युवा पुस्तामा लोकप्रिय हुँदै गएको सावित्रीको “मनको छाल”ले माया पे्रम, जीवन जगत्, समाजिक विकृति, विसंगतिका बारेमा प्रष्टाएको प्रकाशक जरा फाउन्डेशनले जनाएको छ ।

सावित्रीको गजलसँगै छमछम नाचन हो, छाता ओझेल पारी, काठमाडौं जाँदा, चौबन्दी चोली, सेतीबाढी, भुकम्प, भाइरस निस्क्यो, छन् छन् काँचको चुरा, हे छोटो छ जामा लाउदिन आमा बरिलै अहिलेको तीजैमा, हे दाजै जिफन्टको सारी किन्दीनु सितारा भरेर’ तिजका गित समेत बजारमा आएका छन् ।
यसैगरी, लोकदोहोरी, अल्झिए नजर, भयो जे हुनु, सेतै फुल्यो काँस, मेलैमा सरर दोहोरी खेलैमा, मकै खायो घुनले नामक गीति एल्बमले बजार तताएको छ ।
यस्तै सावित्रीको मुक्तक संग्रह अवकाश नामको पुस्तक दशै तिहार पछि प्रकाशन हुँदै छ ।
















वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया