सर्वोच्चको आदेशसँगै शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

काठमाडौँ । लोकसेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । विं.सं. २०७६ सालमा विज्ञापन गरिएको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका नतिजा प्रकाशन स्थगित गरेको हो ।
सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी दिएका आदेशका आधारमा आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृत नतिजा स्थगित गरेको हो ।
आयोगले मिति २०७६ मंसिरमा शाखा अधिकृतमा बढुवा तथा खुलासमेत गरी सामान्य प्रशासनमा ५६० रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनमध्ये ३० प्रतिशत बढुवातर्फको १६८ पद सोही वर्ष पदपूर्ति भइसकेको थियो । बाँकी खुला तथा समावेशीतर्फको ३९२ पदको परीक्षा कोभिड–१९ का कारण ढिलो हुँदै आएको थियो ।
आयोगले एक सूचना जारी गर्दै भनेको छ, ‘आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको व्यहोरा आयोगको मिति २०७८-०५-२८ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
यसअघि प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतलाई उनीहरूले रोजेको संघमा समायोजन गर्न सर्वोच्चले आदेश दिएको थियो । समायोजनमा परेका ३४ शाखा अधिकृतहरूले संघमा रिक्त दरबन्दी हुँदा पनि आफूहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्दै गत साउन २६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको अन्तरिम आदेश दिँदै सर्वोच्चले प्रकाशित भइसकेको विज्ञापनमा उक्त संख्यामा पदपूर्ति नगर्न आदेश दिएको थियो ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया