त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो बढी सुन सहित २ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले तीन किलो तीन सय ६० ग्रामसुनसहित कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई पक्राउ गरेको हो।
आन्तरिक उडानबाट विराटनगर जान लागेका उनीहरुको साथबाट तीन किलो तीन सय ६० ग्राम सुन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
सुरक्षा कार्यालयका अनुसार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा चेक गर्दा सुन देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद सुनको बजार मूल्य अन्दाजी दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ हुन्छ । उनीहरुलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको सुरक्षा कार्यालयले जनाएको छ ।










आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया