शनिबार, वैशाख २६, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो बढी सुन सहित २ जना पक्राउ

मेरोन्यूज २०७८ भदौ २९ गते २०:४९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले तीन किलो तीन सय ६० ग्रामसुनसहित कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई पक्राउ गरेको हो।

Advertisement
NiccNicc

आन्तरिक उडानबाट विराटनगर जान लागेका उनीहरुको साथबाट तीन किलो तीन सय ६० ग्राम सुन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सुरक्षा कार्यालयका अनुसार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा चेक गर्दा सुन देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद सुनको बजार मूल्य अन्दाजी दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ हुन्छ । उनीहरुलाई थप अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया