सुदूरपश्चिममा माधव नेपालका दुई मन्त्रीले सपथ लिए

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकारका सहभागी भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्रीले सपथ लिएका छन् ।
एकीकृत समाजवादीका तारा लामा र माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ दिलाएका हुन् ।
लामालाई आर्थिक मामिला मन्त्री र बोहरालाई अर्थ राज्यमन्त्रीका सपथ दिलाइएको छ ।
तत्कालीन नेकपाका प्रमुख सचेतक समेत रहेका तारा लामालाई एमालेको अनौपचारिक विभाजनकाबेला जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा भदौ २१ गते एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।
लामा नेकपा एमाले कञ्चनपुरबाट निर्वाचित सांसद हो भने बोहरा बझाङबाट समानुपातिक सांसद बनेका हुन् । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसद रहेका छन् ।
एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया