निजामती सेवाभित्र शुद्धिकरण आवश्यकः बादल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धिकरण आवश्यक रहेको बताएका छन् ।
एमाले निकट कर्मचारी संगठनको काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने बताए ।
उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए ।
‘प्रशासनबाट, निजामती कर्मचारीबाट सत्ता सञ्चालनमा भ्रष्टाचारलाई उन्मुलन गर्न जरुरी छ’, बादलले भने– ‘भ्रष्टाचारको नियन्त्रण नगरीकन देशलाई समृद्ध बनाउन सकिदैनँ ।’
कर्मचारीहरुलाई जनताप्रति हामी समर्पित नभएको भन्दै उनले जनताको सेवकको रुपमा नभई जनताको मालिकको रुपमा आफूलाई ठानेमा देशले प्रगति गर्न नसक्ने बताए ।
प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । प्रशासनलाई उच्च प्रविधिहरुसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको उनको भनाई छ ।









राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया