निजामती सेवाभित्र शुद्धिकरण आवश्यकः बादल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धिकरण आवश्यक रहेको बताएका छन् ।
एमाले निकट कर्मचारी संगठनको काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने बताए ।
उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए ।
‘प्रशासनबाट, निजामती कर्मचारीबाट सत्ता सञ्चालनमा भ्रष्टाचारलाई उन्मुलन गर्न जरुरी छ’, बादलले भने– ‘भ्रष्टाचारको नियन्त्रण नगरीकन देशलाई समृद्ध बनाउन सकिदैनँ ।’
कर्मचारीहरुलाई जनताप्रति हामी समर्पित नभएको भन्दै उनले जनताको सेवकको रुपमा नभई जनताको मालिकको रुपमा आफूलाई ठानेमा देशले प्रगति गर्न नसक्ने बताए ।
प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । प्रशासनलाई उच्च प्रविधिहरुसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको उनको भनाई छ ।

















विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया