एमाले स्थायी कमिटी बैठकले प्रतिवेदनलाई अन्तिमरुप दिने
मेरोन्यूज
२०७८ असोज ४ गते ९:५४

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दैछ । आजको बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने बताइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलले आइतबार प्रस्तुत गरेका राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
आइतबारको छलफलमा उपमहासचिव घनश्याम भुसालले लिखित टिप्पणी राखेका छन् । स्थायी कमिटी सदस्यहरुले आ आफ्नो धारणा राखेर प्रतिवेदन पारित गरिने छ । उक्त प्रतिवेदनलार्य अन्तिम रुप दिएर ८ र ९ गते बस्ने एमाले केन्द्रीय कमिटी वैठकमा पेश गरिने छ । एमालेको यही असोज १६, १७ र १८ गते एमालेको विधान महाधिवेशन हुँदैछ ।
सम्बन्धित









…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया