एमाले स्थायी कमिटी बैठकले प्रतिवेदनलाई अन्तिमरुप दिने
मेरोन्यूज
२०७८ असोज ४ गते ९:५४

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दैछ । आजको बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने बताइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलले आइतबार प्रस्तुत गरेका राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
आइतबारको छलफलमा उपमहासचिव घनश्याम भुसालले लिखित टिप्पणी राखेका छन् । स्थायी कमिटी सदस्यहरुले आ आफ्नो धारणा राखेर प्रतिवेदन पारित गरिने छ । उक्त प्रतिवेदनलार्य अन्तिम रुप दिएर ८ र ९ गते बस्ने एमाले केन्द्रीय कमिटी वैठकमा पेश गरिने छ । एमालेको यही असोज १६, १७ र १८ गते एमालेको विधान महाधिवेशन हुँदैछ ।
सम्बन्धित















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया