मुश्लिम बाहुल्य क्षेत्रमा मुस्लिम गणक राख्न आग्रह

काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।
मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो ।
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्याङ्क विभागसँग आग्रह गरिएको बताए ।
उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पम्प्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताए ।
अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने उल्लेख गरे ।
अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशिएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया