मानव तस्करी गर्ने तीनजना कपनबाट समातिए

काठमाडौं । मानव तस्करी गर्ने तीनजनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने नोरुल अमिनलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने अजमत उल्लाहलाई भने शनिबार नै पक्राउ गरेको थियो ।
बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर उनीहरुले मानव तस्करी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले दुई परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्राइसकेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म मानव तस्करी गर्दा प्रतिव्यक्ती झण्डै साढे तीन लाख रुपैयाँ लिइरहेको पनि ब्यूरोले जनाएको छ ।
ब्यूरोकाअनुसार पक्राउ परेका तीनै जना काठमाडौंमा विभिन्न पेशाकर्मीको आवरणमा मानव तस्करी गर्दै आएका थिए ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया