महिला एशियन कप छनोटमा भोलि नेपाल हङकङसँग भिड्दै
पराजित भएमा चौथो पटक नेपाल समूह चरणबाटै बाहिरिने

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले मंगलबार हङकङको सामना गर्दैछ ।
उज्वेकिस्तानको तास्केन्तस्थित जेएआर मैदानमा समूह ‘एफ’को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि समूह ‘एफ’ को पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको नेपाल आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा भाग लिन मंगलबारको खेल जित्नैपर्ने बाध्यता छ ।
फिफाको महिला वरीयतामा नेपाल १०१ र हङकङ ७६ स्थानमा छ ।
पहिलो खेलमा नेपाल अन्तिम समयमा फिलिपिन्सविरुद्ध २–१ गोल अन्तरले पराजित भएको थियो । खेलको सुरुवाती १० मिनेटमै विमला चौधरीको गोलमा अग्रता बनाएको नेपालले इन्ज्यूरी समयमा फिलिपिन्सले गरेको दुई गोलका कारण पराजित भएको थियो ।
मंगलबार हङकङविरुद्धको खेलमा नेपाल पराजित भएमा पुनः चौथो पटक नेपाल समूहचरणबाटै बाहिरिनेछ । हङकङलाई पराजित गरेमा भने नेपालको गणितीय सम्भावना कायमै रहने देखिएको छ ।
शनिबार समूह ‘एफ’ कै फिलिपिन्स र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यदि यस खेलमा हङकङ विजयी भए समूह ‘एफ’ का तीनै टोलीको समान ३ अंक हुनेछ र समूहको शीर्षस्थान गोल अन्तरका आधारमा हुनेछ । जहाँबाट नेपालको छनोट सम्भावना रहेको छ ।
यदि हङकङविरुद्ध फिलिपिन्सले जित हासिल गरे स्वतः ६ अंकसहित फिलिपिन्स आगामी वर्ष भारतमा आयोजना हुने महिला एसियन कपमा समूह ‘एफ’ बाट छनोट हुनेछ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया