महिला एशियन कप छनोटमा भोलि नेपाल हङकङसँग भिड्दै
पराजित भएमा चौथो पटक नेपाल समूह चरणबाटै बाहिरिने

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले मंगलबार हङकङको सामना गर्दैछ ।
उज्वेकिस्तानको तास्केन्तस्थित जेएआर मैदानमा समूह ‘एफ’को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि समूह ‘एफ’ को पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको नेपाल आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा भाग लिन मंगलबारको खेल जित्नैपर्ने बाध्यता छ ।
फिफाको महिला वरीयतामा नेपाल १०१ र हङकङ ७६ स्थानमा छ ।
पहिलो खेलमा नेपाल अन्तिम समयमा फिलिपिन्सविरुद्ध २–१ गोल अन्तरले पराजित भएको थियो । खेलको सुरुवाती १० मिनेटमै विमला चौधरीको गोलमा अग्रता बनाएको नेपालले इन्ज्यूरी समयमा फिलिपिन्सले गरेको दुई गोलका कारण पराजित भएको थियो ।
मंगलबार हङकङविरुद्धको खेलमा नेपाल पराजित भएमा पुनः चौथो पटक नेपाल समूहचरणबाटै बाहिरिनेछ । हङकङलाई पराजित गरेमा भने नेपालको गणितीय सम्भावना कायमै रहने देखिएको छ ।
शनिबार समूह ‘एफ’ कै फिलिपिन्स र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यदि यस खेलमा हङकङ विजयी भए समूह ‘एफ’ का तीनै टोलीको समान ३ अंक हुनेछ र समूहको शीर्षस्थान गोल अन्तरका आधारमा हुनेछ । जहाँबाट नेपालको छनोट सम्भावना रहेको छ ।
यदि हङकङविरुद्ध फिलिपिन्सले जित हासिल गरे स्वतः ६ अंकसहित फिलिपिन्स आगामी वर्ष भारतमा आयोजना हुने महिला एसियन कपमा समूह ‘एफ’ बाट छनोट हुनेछ ।
















राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया