निजामती कर्मचारी संगठनमा विवाद, कार्यालयको विषयमा दुवै पक्षबीच झडप

काठमाडौँ । नेकपा एमाले विभाजनको असर कर्मचारी संगनठमा पनि देखिएको छ । एमाले विभाजन पछि एमाले निकट कर्मचारी संगठन पनि विभाजन भएको हाे ।
एमाले विभाजन गरेर माधव कुमार नेपालले नयाँ दल दर्ता गरेका थिए । त्यसपछि जनवर्गी संगठन पनि विभाजन भइरहेका छन् । कर्मचारी संगठन विभाजन हुँदा कार्यालयको लागि विवाद पनि सुरु भएको छ । दुवै पक्षले सिंहदरवारको पक्षीम गेटमा रहेको कार्यालय भवन कब्जा गर्ने रणनीति बनाएका छन् । उक्त कार्यालय कब्जा गर्ने उद्देश्य राखेपछि दुवै पक्षबीच झडप भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको अध्यक्षमा केदार देवकोटा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पक्षको अध्यक्षमा रेवन्त गौतम छन् । झडप पछि ओली पक्षका अध्यक्ष देवकोटालाई अनमानगरस्थित प्रहरी कार्यालयमा र नेपाल पक्षका अध्यक्ष गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
यस्तै एमालेले उक्त घटनाप्रति आपति जनाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गरी नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालयमा अक्रमण गर्नेलाई कारवाहीको माग गरेका छन् ।

















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया