राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाइयो

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषदको बैठकले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।
राजनीतिक नियुक्ती पाएका राजदूतहरु फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णयसँगै १० देशका राजदूत फिर्ता हुनेछन् ।
यो निर्णयसँगै अमेरिकाका युवराज खतिवडा, चीनका महेन्द्रबहादुर पाण्डे, भारतका निलम्बर आचार्यसहित १० देशका राजदूत फिर्ता हुने भएका हुन् ।
यस्तै, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदमुनि भारद्धाज, इजरायलका लागि अञ्जान शाक्य, मलेसियाका लागि उदयराज पाण्डे, स्पेनको दावाफूटी शेर्पा, दक्षिण अफ्रिकाका डा. निर्मलकुमार विश्वकर्मा र बेलायतका राजदूतमा लोकदर्शन रेग्मीले नियुक्ती पाएका थिए ।
















राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया