राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाइयो

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषदको बैठकले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।
राजनीतिक नियुक्ती पाएका राजदूतहरु फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णयसँगै १० देशका राजदूत फिर्ता हुनेछन् ।
यो निर्णयसँगै अमेरिकाका युवराज खतिवडा, चीनका महेन्द्रबहादुर पाण्डे, भारतका निलम्बर आचार्यसहित १० देशका राजदूत फिर्ता हुने भएका हुन् ।
यस्तै, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदमुनि भारद्धाज, इजरायलका लागि अञ्जान शाक्य, मलेसियाका लागि उदयराज पाण्डे, स्पेनको दावाफूटी शेर्पा, दक्षिण अफ्रिकाका डा. निर्मलकुमार विश्वकर्मा र बेलायतका राजदूतमा लोकदर्शन रेग्मीले नियुक्ती पाएका थिए ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया