बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् पूर्णताबारे छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरुको बैठक चलिरहेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा सत्ता गठबन्धन दलहरुबीच बैठक बसेको हो ।
सत्ता गठबन्धनको नेकपा एसविरुद्धको रिटबारे अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेपछि गठबन्धनको बैठक बसेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा “सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बेलुका साढे ६ बजेबाट शुरु भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ ।
बैठकले सरकार विस्तार गर्नेबारेमा महत्वपूर्ण निर्णय गर्ने बालुवाटार स्रोतले बताएको छ ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया