बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् पूर्णताबारे छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरुको बैठक चलिरहेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा सत्ता गठबन्धन दलहरुबीच बैठक बसेको हो ।
सत्ता गठबन्धनको नेकपा एसविरुद्धको रिटबारे अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेपछि गठबन्धनको बैठक बसेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा “सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बेलुका साढे ६ बजेबाट शुरु भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ ।
बैठकले सरकार विस्तार गर्नेबारेमा महत्वपूर्ण निर्णय गर्ने बालुवाटार स्रोतले बताएको छ ।
















Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया