विप्लवको पार्टीले फागुनमा महाधिवेशन गर्ने
जनमत संग्रहका लागि राजनीतिक अभियान चलाउने

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी फागुनमा पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा ५ दिनसम्म चलेको आवसिय केन्द्रीय समितिको बैठकले महाधिवेशन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको नेताहरुले बताएका छन् ।
२०७५ फागुन २८ देखि २०७७ फागुन २१ सम्म प्रतिवन्ध झेलेको उक्त पार्टीको २ जना केन्द्रीय सदस्य वाहेक सवै नेताहरुको भौतिक उपस्थितीमा आवसिय केन्द्रीय कमिटिको बैठक बसेको थियो ।
आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन गर्ने, मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा विशाल जनसभा तथा जनप्रदर्शन गर्ने , पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला÷सम्मेलनहरू सम्पन्न गर्ने र महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने निर्णय बैठकले गरेको एक केन्द्रीय नेताले बताए ।
बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने’ निर्णय पनि गरेको छ । उक्त पार्टीले बैज्ञानिक समाजवाद या पुाजीवादी संसदीय ब्यवस्था का विषयमा जनमत संग्रहको राजनीतिक एजेण्डा उठाँउदै आएको छ ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारसाग तीन वुँदे सम्झौता गरेर खुल्ला राजनीतिमा आउँदा उसलाई ब्यवस्थाका विषयमा रोज्न जनताले पाउने र त्यसका लागि जनमत संग्रहको नारा उठाउन दिने भित्री सहमति भएको थियो । त्यही आधारमा उसले जनमत संग्रहको एजेण्डालाई राजनीतिक नाराका रुपमा केन्द्रीय समितिको बैठकबाटै अगाडी सारेको हो ।
महासचिव विप्लवले तेस्रो अन्तर्राष्ट्रिय, नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनका सन्दर्भमा नयाँ संश्लेषण गर्नका लागि आफ्नो पार्टी लागिपरेको बैठकमा बताएका थिए ।
उनले नेपाली जनताका सबैखाले समस्याहरूको समाधान गर्ने तरिका जनमतसङ्ग्रह भएको भन्दै उक्त विषयमा सबै शक्तिहरूसँग सहकार्य र एकाकार भएर अघि बढ्नुपर्ने पनि बताए ।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया