शनिबार, चैत २१, २०८२

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

मेरोन्यूज २०७८ असोज ८ गते ७:५६
फाइल फोटो

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । बैठक दुई दिनसम्म चल्नेछ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले बताए ।

असोज ३ र ४ गते बसेको एमाले स्थायी कमिटी बैठकले विधान महाधिवेशनसम्बन्धी प्रस्तावहरूमाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकमा पठाउने निर्णय गरेको थियो ।

उक्त प्रतिवेदन र प्रस्तावहरुमाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले अन्तिम रुप दिएर पारित गर्नेछ । एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौँमा आयोजना हुँदैछ ।

प्रतिक्रिया