शहरमा शान्त वातावरणमा ‘पढ्ने कोठा’

नरेन्द्र रौले
काठमाडौं । अध्ययनका लागि शान्त वातावरणको खोजीमा रहेकाहरूलाई चावहिलमा पढ्ने कोठा सञ्चालनमा आएको छ ।
यो यस्तो ठाउँ हो, जहाँ तपाई एक्लै वा समुहमा बसेर पढ्न, छलफल गर्न सक्नु हुनेछ । हरेक व्यक्तिका लागि बेग्ला–बेग्लै क्याबिन बनाइएका छन् । एउटा बेग्लै कोठा ग्रुप स्टडीका लागि छुट्याइएको छ ।
आउनुस्, एकैछिन् चावहिलस्थित पढ्ने कोठा पुगौं । जहाँ प्रवेश गरेपछि सबैजना अध्ययनमा घोत्लिरहेको देख्नु हुनेछ । काठमाडौं उपत्यकाभित्रका लागि यो नयाँ शैली र सम्भावना बोकेको भएपनि भारत र अन्य देशमा भने लामो समयदेखि अभ्यासमा छ ।
भारतको नयाँदिल्लीमा सीए अध्ययन गर्दा प्रियंका न्यौपाने शान्त वातावरणको खोजीमा हुन्थिन् । आफ्नो कोठामा बसेर पढ्न खोज्दा ध्यान केन्द्रित नभएपछि उनी स्टडी रुम जान्थिन् । नयाँदिल्लीको लक्ष्मीनगरको गल्ली गल्लीमा यस्ता स्टडी रुम भेटिन्थे । सबैजना पढ्न बसेको देख्दा उनलाई पनि पढौंपढौं लाग्थ्यो । खाजा खान होस् कि चिया, कफी पिउन अन्त जानै पर्दैनथ्यो । स्टडी रुममै सबै कुराको व्यवस्था हुन्थ्यो ।
कलेज विदाको समयमा जब प्रियंका नेपाल आइन्, यहाँ पनि उनले स्टडी रुम खोजिन् । तर, नयाँदिल्लीको लक्ष्मीनगरमा जस्तो काठमाडौं उपत्यकाभरी त्यस्तो सुविधा यहाँ कतै पाइएन । हो, त्यही बेला हो, उनको दिमागमा काठमाडौँमा पनि स्टडी रुम खोल्न सकिन्छ भन्ने योजना फु¥यो । ‘जहाँ समस्या त्यहाँ उपाय’ भन्ने उखानलाई प्रियंकाले चरितार्थ गरिदिइन् ।
तर, प्रियंका एक्लैले मात्र स्टडी रुम खोल्ने सपना अधुरै रहन्थ्यो होला । प्रियंकालाई इन्जिनियर जीवनसाथि केशब घिमिरे र सामाजिक सञ्जालमार्फत जोडिएकी सीए रुशा गिरीले बलियो साथ दिए ।

प्रियंकालाई जुन कुराको अभाव खड्किएको थियो, रुशा र केशबलाई पनि ठ्याक्कै त्यही महशुस भइरहेको थियो । तीनै जनाको सोंच मिलेपछि शुरु भयो, पढ्ने कोठा ।
नेपालमा कुनै पनि कामको सुरुवात गर्न कति कठिन रहेछ भन्ने कुराको महशुस यी युवालाई राम्रोसँग थाहा छ ।
पहिलो पटक चावहिलको वडामा पुगेर जब उनीहरुले पढ्ने कोठाको अवधारणा बताउदै संस्था दर्ताका लागि आग्रह गरे, त्यहाँको जवाफ सुनेर निरास बनायो ।
के थाहा पछि गएर तपाईंहरुले तास खेलाउनुभयो भने ? वडा प्रतिनिधिले दिएको त्यो जवाफ केशबले अझै भुलेका छैनन्, ‘कम्पनी रस्ट्रिारको कार्यालयमा जाँदा यस्तो खालको कामका लागि दर्ता गर्ने चलन छैन भनेर फर्काए ।’
बल्ल–बल्ल उनीहरु साना तथा घरेलु उद्योगमा दर्ता गर्न सफल भए । नयाँ काम गर्न खोज्दा निरास बनाएर फर्काएपछि युवाहरू दिक्क भएर विदेश पलायन हुने कुरामा केशब र प्रियंकाले सही थापे ।
पढ्ने कोठाको सुरुवात लगानी १० लाख रुपैंयाँ रहेको छ । पछि यसमा ५ लाख रुपैंयाँ थपिएको केशबले सुनाए । ६२ हजार रुपैंयाँ मासिक भाडा तिर्ने गरी सिङ्गो घर भाडामा लिएका छन् । जसका २ तलामा पढ्न आउनेहरुका लागि छुट्याएको छ ।
सोसल मिडियाका माध्यमबाट पढ्ने कोठाको प्रचारप्रसार भयो । काठमाडौँमा आफ्नै घर भए पनि शान्त वातावरणको खोजीमा अध्ययनका लागि चावहिलको पढ्ने कोठा रोज्नेहरुको कमी छैन ।
मेडिकल लाइन, लोकसेवाको तयारीमा रहेका, इन्जिनियरिङको तयारीमा रहेका र अन्य कुनैपनि परीक्षा दिने तयारीमा रहेकाहरु अध्ययनमा मग्न भेटिन्छन् । पुस्तकालय जस्तो अवधारणा भए पनि किताब आफै बोकेर ल्याउनु पर्छ, यहाँ पाइँदैन ।
महाराजगञ्जका पुजनध्वज खड्का आफ्नै घर भएपनि शान्त र पढ्ने माहोलको खोजीमा थिए । बिगत ५ महिनादेखि उनी नियमित रुपमा पढ्ने कोठा आउँछन् ।
‘अरु पढेको देखेर आफूलाई पनि पढ्न मन लाग्छ ।’ खड्काले सुनाए, ‘यहाँ पढ्नका लागि एकदमै उपयुक्त माहोल छ ।’ खड्का एक्लै छैनन् यहाँ । उनका केही साथीहरु पनि छन् । उनीहरु आफूले जाने, बुझेका कुरा एक अर्कालाई सेयर गर्छन् । समुहमा छलफल गर्छन् ।

पढ्ने कोठा विहान ६ बजेदेखि साँझ ८ बजे सम्म खुल्ला रहन्छ । खाना, खाजा, नास्ता र चियाका लागि बाहिर निस्किन पर्दैन । यही व्यवस्था हुन्छ । एक दिन मात्र आउनेका लागि १ सय २५, एक हप्ताको ८ सय, एक महिनाको २ हजार ६ सय रुपैंयाँ शुल्क तोकिएको छ ।
‘सुरुसुरुमा यस्तो के खोलेको ? आफ्नो घर, फ्ल्याट हुँदा हुँुदै को आउँछ ? भन्थे ।’ प्रियंकाले ति दिनको स्मरण गर्दै भनिन्, ‘तर, त्यो कन्सेप्ट तोडियो । तल्लो वर्गदेखी उच्च वर्गका सबैजना अहिले हामीकहाँ आइरहेका छन् ।’
पढ्ने कोठामा एकै पटक ४५ जना अटाउने क्षमता छ । हाल यहाँ २० जना अध्ययनरत छन् । ३ सय ५० जनाले सेवा लिइसकेका छन् ।
चावहिलमा पढ्ने कोठा सञ्चालनमा आएपछि अन्य केहीले यसको सिको गरेका छन् । राम्रो कामको सिको गर्नुलाई केशब सकारात्मक नै ठान्छन् ।
तर पछिल्लो समय कोरोना संक्रमणका कारण गरिएको लकडाउनले उनीहरुको ब्यवसायलाईपनि क्षति पुर्यायो । लकडाउनले गर्दा व्यापारमा क्षति पुगेको प्रियंका र केशब दुबैजना बताउँछन् ।
लामो समय कोभिड १९ को संक्रमण र लकडाउनले गर्दा व्यापार ठप्प भएपछि भाडा तिर्न पनि उनीहरुलाई मुस्किल परेको थियो । ‘केही स्थानबाट फ्रेन्चाइजका लागि अफर आएको थियो ।’ दुबैले एकै स्वरमा सुनाए, ‘कोभिडले चौपट पा¥यो । संस्था चलाउनै गा¥हो भयो ।’













सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्रीकाे निर्देशन
Over 3,500 election police being recruited in Sunsari
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया