बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ खुला

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि साधारण शेयर बिक्रि खुला गरेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधरणका लागि साधारण शेयर बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्काशन गरेको छ ।
८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आईपिओका लागि १४ गतेसम्म पर्याप्त आवेदन नपरेमा २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि दिन पाइनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आइपीओमा आबेदन दिन सकिनेछ ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया