झापामा टिप्परको ठक्करबाट बोलेरो चालकको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको झापाको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा परी बोलेरो चालकको मृत्यु भएको छ ।
शिवसताक्षी १० माइधारस्थित राजमार्गमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नम्बरको बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा बालेरो चालक दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।
ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो ।
बोलेरो चालक गाडी भित्रबाट निस्किन नसकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बोलेरो नहरबाट निकाल्दा चालक मृत भेटिए पनि त्यसमा सवार दुई जना नहरमै बेपत्ता भएका छन् ।
दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए ।

















विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया