एमालेको माग नाजायजः डा.कोइराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सांसद पदमुक्त गराउने माग सभामुखले पूरा गर्न नसक्ने बताएका छन् ।
सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने उनले स्पष्ट गरे ।
अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले माधव नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिए ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने गरी विधेयक आएर पार्टी टुक्रिसकेकाले एमालेको माग जायज नभएको बताए ।
कांग्रेस महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि उल्लेख गरे ।

















Twenty-two passengers injured in bus accident
नेपाल लाइफद्वारा पहिलोपटक पृथक विशेषतासहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
भद्रपुरमा आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात
यामाहा नेपालको भ्यालेन्टाइन सप्ताह अभियान सम्पन्न
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
प्रतिक्रिया