माधव नेपालको पार्टीबाट पाँच मन्त्रीको टुङ्गो

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ ।
नेता नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भएपछि नेकपा एसले सरकारमा पठाउने पाँच मन्त्रीको टुंगो लगाएको हो ।
एमाले सरकारमा मन्त्री भएका प्रेम आलेदेखि पार्टी विभाजनमा महत्वपूर्ण भूमिका खेलेकी रामकुमारी झाँक्री पनि सरकारमा जाने भएका छन् ।
सरकारमा पठाउन विरोध खतिवडा, मेटमणि चौधरी र जीवनराम श्रेष्ठको नाम पनि टुंगो लगाइएको स्रोतको दाबी छ । नेकपा एसलाई ६ मन्त्रालय दिने बताइए पनि एक जना मन्त्रीको टुंगो लागेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अढाई महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिएको छ । सोमवार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।













पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
President Paudel pays tributes to nation builder Prithvi Narayan Shah
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया