नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी काठमाडौंमा

काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् ।
नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् । श्रीवास्तव नेपालको साथै भुटान मामिला हेर्ने मुख्य अधिकारी हुन् ।
श्रीवास्तावले काठमाडौँमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।
उनी नेपाल र भारतका संयुक्त परियोजनका बैठकमा सहभागी हुन काठमाडौ आएको बताइए पनि परियोजना बैठकबारे कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन ।
सुरक्षा अधिकारीलाई समेत जानकारी नदिइ काठमाडौ आएका श्रीवासतवलाई भारतीय दूतावासले आफ्नो अतिथि भन्दै दूतावास पुर्याएको थियो ।
अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि उच्च भारतीय अधिकारी श्रीवास्तवले काठमाडौँको भ्रमण गरेका हुन् ।
यसअघि नेपाल राजनीतिक अस्थिरता भएकोबेला नेपाल मामिला हेर्ने भारतीय अधिकारीले नेपाल भ्रमण गर्ने गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने कसरी गरिरहँदा श्रीवास्तवको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
तीन दिनसम्म काठमाडौ रहने श्रीवास्तव काठमाडौ आएको जानकारी मंगलबार साँझ मात्रै सुरक्षा निकायलाई जानकारी गराइएको छ ।
यसअघि उनकै संयोजनमा नेपाल र भारतका अधिकारीबीच भर्चुअल बैठक भएको थियो ।
दश महिनाअघि भारतीय उच्च सुरक्षा टोलीसहित भारतीय विदेश विभागका अधिकारीहरु काठमाडौ आएका थिए ।
















सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया