एमालेको अनुपस्थितिमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नेकपा एमकालेको अनुपस्थितिमा बैठक बालुवाटारमा सुरू भएको हो।
एमालेले संसदमा जारी राखेको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई बेठकमा बोलाइएको थियो । तर, संसदको सबैभन्दा ठुलो र प्रमुख प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ ।
सर्वदलीय बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् । अध्यक्ष मावध कुमार नेपाल अस्पताल भर्ना भएकाले अनुपस्थित छन् । यस्तै जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।
आफ्नो पार्टी विभाजन गरेर गएका माधव कुमार नेपाललाई बोलाएको भन्दै एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको बताइएको छ ।
एमालेले देउवा सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको, सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरी एमाले पार्टी विभाजनमा भुमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । एमालेले यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो।
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया