बुधबार, माघ ३०, २०८१

एमालेको अनुपस्थितिमा सर्वदलीय बैठक सुरु

मेरोन्यूज २०७८ असोज १४ गते १०:४८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नेकपा एमकालेको अनुपस्थितिमा बैठक बालुवाटारमा सुरू भएको हो।

Advertisement

एमालेले संसदमा जारी राखेको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई बेठकमा बोलाइएको थियो । तर, संसदको सबैभन्दा ठुलो र प्रमुख प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ ।

सर्वदलीय बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् । अध्यक्ष मावध कुमार नेपाल अस्पताल भर्ना भएकाले अनुपस्थित छन् । यस्तै जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

आफ्नो पार्टी विभाजन गरेर गएका माधव कुमार नेपाललाई बोलाएको भन्दै एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको बताइएको छ ।

एमालेले देउवा सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको, सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरी एमाले पार्टी विभाजनमा भुमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । एमालेले यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो।

प्रतिक्रिया