प्रचण्डसँग आग्रह : युद्धमा बुवाआमा गुमाएकोमा गर्व छ, हामीमाथि दयाभाव नहोस्

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्वयु (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र सहिद परिवारका सदस्यको तर्फबाट प्रतीक कार्कीले शुभकामना दिएका छन् ।
विद्यार्थी संगठनमा समेत रहेका कार्कीले आफूले ४ वर्षको उमेरमा बुवाआमा गुमाएको बताउँदै पार्टीले दयाभावले नहेर्न आग्रह गरेका थिए । ‘हामीलाई दयाभावले होइन, हामीलाई युद्धमा बुवाआमा गुमाएकोमा गर्व छ, त्यसैले पार्टी र संगठनमा दयाभावले होइन, हामीलाई भूमिका दिनुहोस्,’ उनले भने, ‘केही दिनअघि प्रचण्डले पार्टीलाई ०६४ सालमा फर्कने भन्नु भएको छ, यदि यो साँचो हो भने हामीतर्फ फर्किनुहोस् ।’
उनले प्रचण्ड सीमित मानिसहरूको घेरामा रहेको भन्दै भने, ‘तपाई कुनै घेरामा मात्रै नबस्नुहोस्, सहिद तथा बेपत्ता परिवारको बिचमा जानुहोस्, चुङवान र थवाङ जानुहोस्, काठमाडौँमा बसेर ०६४ सालमा फर्किन सक्दैन् ।’
उनले विद्यार्थीको २२ औँ सम्मेलनले आफूनिकट नेतालाई मात्रै नेतृत्वमा बनाउने बाटो भएको बताए ।
यस्तै, बेपत्ता परिवारका सदस्यबाट सम्मेलनमा सहभागी नग्मा मालीले आफ्नो बुवाहरू कहाँ रहेको भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए ।
उनले बेपत्ता परिवारका सदस्यहरूको अवस्था अहिले पनि उस्तै रहेको भन्दै सोहीअनुरुप व्यवस्थापन गर्न मा गरिन् ।

















PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया