संसद विघटन हुँदा आत्महत्या गर्ने सोच आयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसामु प्रतिगमनका विरुद्ध लड्ने कि आत्महत्या गर्ने भन्ने सोच आएको बताएका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकाकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गत पुस ५ गते संसद विघटन भएसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको उनले स्मरण गरे । तर, आफूले सबै नेताहरूको साथ लिएर प्रतिगमनका विरुद्ध लड्ने निर्णय गरेको र त्यसमा सफल भएको बताएका थिए ।
उनले आफू झण्डैझण्डै आत्महत्या गर्नु पर्ने अवस्थामा पुगेको भन्दै भने ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौँ शहिद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ, मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नु पर्ने या त लड्नु पर्ने ठाउँमा पुगेको देखेँ ।’
उनले पार्टीका नेताको साथ पुनः लड्ने संकल्प गरेको बताए । उनले भने, ‘मारिनु पर्छ भने पनि तयार हुने संकल्प गरियो, त्यही संकल्पबाट सडक आन्दोलन सुरु भयो ।’
यस्तै, उनले २०५२ सालमा जनयुद्धको तयारी गर्दासमेत अहिलेको जस्तै अवस्था आएको बताए । तर, जनयुद्ध सुरु भएपछि हजारौँ योद्धाहरू आबद्ध भएको, अवसरवादी होला भनेका नेताहरु महान् भएको उनले स्मरण गरे । अन्तःमा उनले नेताहरू बिग्रिएको भन्दै कार्यकर्ताहरू सही भएको बताए ।












मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया