संसद विघटन हुँदा आत्महत्या गर्ने सोच आयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसामु प्रतिगमनका विरुद्ध लड्ने कि आत्महत्या गर्ने भन्ने सोच आएको बताएका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकाकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गत पुस ५ गते संसद विघटन भएसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको उनले स्मरण गरे । तर, आफूले सबै नेताहरूको साथ लिएर प्रतिगमनका विरुद्ध लड्ने निर्णय गरेको र त्यसमा सफल भएको बताएका थिए ।
उनले आफू झण्डैझण्डै आत्महत्या गर्नु पर्ने अवस्थामा पुगेको भन्दै भने ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौँ शहिद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ, मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नु पर्ने या त लड्नु पर्ने ठाउँमा पुगेको देखेँ ।’
उनले पार्टीका नेताको साथ पुनः लड्ने संकल्प गरेको बताए । उनले भने, ‘मारिनु पर्छ भने पनि तयार हुने संकल्प गरियो, त्यही संकल्पबाट सडक आन्दोलन सुरु भयो ।’
यस्तै, उनले २०५२ सालमा जनयुद्धको तयारी गर्दासमेत अहिलेको जस्तै अवस्था आएको बताए । तर, जनयुद्ध सुरु भएपछि हजारौँ योद्धाहरू आबद्ध भएको, अवसरवादी होला भनेका नेताहरु महान् भएको उनले स्मरण गरे । अन्तःमा उनले नेताहरू बिग्रिएको भन्दै कार्यकर्ताहरू सही भएको बताए ।
















‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया