सरकारले निकालेको सूचना स्वास्थ्यभन्दा राजनीतिक प्रेरित छ : नेता बादल

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले विधान महाधिवेशनलाई सरकारले जारी गरेको सूचनाले कुनै असर नपर्ने बताएका छन् । काठमाडौँ जिल्ला प्रशासनले बिहीबार कुनै पनि सभा सम्मेलन गर्न नहुने सूचना जारी गरेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
चाड पर्व नजिकिँदै गर्दा काठमाडौँ जिल्ला प्रशासनले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम गर्ने उद्देश्यका साथ सभा सम्मेनल नगर्न तथा भिडभाड नगर्न भन्दै आदेश जारी गरेको छ । ‘सरकारले स्वास्थ्य मापदण्ड पूरा नगरी महाधिवेशन नगरोस् भन्ने मनसाय होला, हामीले स्वास्थ्य मापदण्ड पूरा गरेर सभा सम्मेलन गर्ने छौँ,’ नेता थापाले भने, ‘त्यस कारण सरकारले आज जुन सूचना निकालेको छ भनेपति त्यो कुनै स्वास्थ्यसँग सम्बन्धित नभएर अलिकति राजनीतिक प्रेरित भएको हुन सक्छ ।’
उनले सरकारलाई नेकपा एमालेको विधान महाधिवेशन हुने कुरा पहिले नै थाहा भएको बताउँदै आज निकालेको वक्तव्य केही राजनीतिक प्रेरित भएको बताए । उनले सरकारको सूचनलाई ध्यानमा राख्दै विधान महाधिवेशन सम्पन्न गर्ने बताएका थिए ।













आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया