सरकारले निकालेको सूचना स्वास्थ्यभन्दा राजनीतिक प्रेरित छ : नेता बादल

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले विधान महाधिवेशनलाई सरकारले जारी गरेको सूचनाले कुनै असर नपर्ने बताएका छन् । काठमाडौँ जिल्ला प्रशासनले बिहीबार कुनै पनि सभा सम्मेलन गर्न नहुने सूचना जारी गरेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
चाड पर्व नजिकिँदै गर्दा काठमाडौँ जिल्ला प्रशासनले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम गर्ने उद्देश्यका साथ सभा सम्मेनल नगर्न तथा भिडभाड नगर्न भन्दै आदेश जारी गरेको छ । ‘सरकारले स्वास्थ्य मापदण्ड पूरा नगरी महाधिवेशन नगरोस् भन्ने मनसाय होला, हामीले स्वास्थ्य मापदण्ड पूरा गरेर सभा सम्मेलन गर्ने छौँ,’ नेता थापाले भने, ‘त्यस कारण सरकारले आज जुन सूचना निकालेको छ भनेपति त्यो कुनै स्वास्थ्यसँग सम्बन्धित नभएर अलिकति राजनीतिक प्रेरित भएको हुन सक्छ ।’
उनले सरकारलाई नेकपा एमालेको विधान महाधिवेशन हुने कुरा पहिले नै थाहा भएको बताउँदै आज निकालेको वक्तव्य केही राजनीतिक प्रेरित भएको बताए । उनले सरकारको सूचनलाई ध्यानमा राख्दै विधान महाधिवेशन सम्पन्न गर्ने बताएका थिए ।
















‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया