स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट र गालीगलौज गर्ने स्थानीयवासी अनिल पोटलाई कारबाही माग गरिएको हो ।
पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरी अन्य स्वास्थ्यकर्मीलाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाद्वारा बिहीबार दिइएको लिखित निवेदनमा जनाइएको छ । साथै स्वास्थ्यकर्मी मण्डललेसमेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक–पटक धम्क्याउने पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन पेश गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनुसार खोप लगाउन अवरोध गर्दै खोपको रेकर्ड फाइल च्यात्ने वडा सदस्य मनोज श्रेष्ठलाई समेत कारबाहीको माग गरिएको छ । श्रेष्ठले आफूलाई फरक लक्षित समूहलाई खोप लगाउन दबाब दिँदै गालीगलौज गरी हातपात गर्ने प्रयास गर्दा स्थानीयवासीले छेकेका र खोप दर्ता रजिष्ट्रर च्यातेको मण्डलले बताए । उनले भने, “वडा सदस्यले मलाई लक्षित समूहबाहेकलाई खोप लगाउन बारम्बार दबाब दिँदै आउनुभएको थियो, त्यस दिन कुटपिट गर्न खोज्दै खोपको दर्ता रजिष्ट्रर नै च्यातिदिनुभयो, स्थानीयवासीले नछेकेको भए म जनप्रतिनिधिबाट कुटिने थिएँ ।”









काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया