ओलीको विश्व दृष्टिकोणः अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजी चीनप्रति लक्षित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाले अगाडि सारेको इण्डो–प्यासिफिक स्ट्राटेजी चीनप्रति लक्षित रहेको उल्लेख गरेका छन् ।
पार्टीको शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा ओलीले पेश गरेको ४४ पृष्ठको राजनीतिक प्रतिवेदनमा विश्व शक्ति सन्तुलनमा तीब्र परिवर्तन देखा परेको उल्लेख गरेका छन् ।
चीनसँगको सम्बन्ध लगायतका प्रश्नमा युरोपले सापेक्ष स्वतन्त्र दृष्टिकोण राख्न थालेको भन्दै विश्व प्रष्पिर्धाको केन्द्र एसिया–प्रशान्त क्षेत्र बन्न थालेको प्रतिवेदनमा जनाइएको छ । अमेरिकाले अगाडि सारेको इण्डो–प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित रहेको ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘लामो समयसम्म युरोप–अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय, शक्तिशाली राष्ट्रका रुपमा रुसको पुनरागमन, ब्रिक्स, साङघाइ सहकार्य संगठन लगायत क्षेत्रीय शक्ति र संगठनहरुको भूमिकाले चुनौति दिएका छन् ।’ प्रतिवेदनमा उल्लेख छ । एमाले अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा विश्व बहुध्रुवीय बन्दै गएको पनि उल्लेख गरेका छन् ।
ओलीले चीनको विकाशलाई अभूतपूर्ण भनेका छन् । चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा चीनले हासिल गरेको प्रगति अभूतपूर्ण छ ।– प्रतिवेदनमा भनिएको छ ।
अफगानिस्तानबाट अमेरिका र नेटो गठबन्धनका सैनिकहरु बीस वर्षपछि पछाडि हटेको प्रतिवेदनमा उल्लेख छ । ‘यसले स्पष्ट पारेको छ–जुनसुकै बाहनामा गरिए पनि बाह्य हस्तक्षेप र आक्रमण गलत हो । त्यसको असफलता अनिवार्य छ । कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्बन्धित मुलुककै जनता हो, बाह्य शक्ति होइन ।’– प्रतिवेदनमा भनिएको छ ।
हेर्नुहोस् ओलीको विश्वदृष्टिकोण















काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै
प्रतिक्रिया