ओलीको विश्व दृष्टिकोणः अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजी चीनप्रति लक्षित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाले अगाडि सारेको इण्डो–प्यासिफिक स्ट्राटेजी चीनप्रति लक्षित रहेको उल्लेख गरेका छन् ।
पार्टीको शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा ओलीले पेश गरेको ४४ पृष्ठको राजनीतिक प्रतिवेदनमा विश्व शक्ति सन्तुलनमा तीब्र परिवर्तन देखा परेको उल्लेख गरेका छन् ।
चीनसँगको सम्बन्ध लगायतका प्रश्नमा युरोपले सापेक्ष स्वतन्त्र दृष्टिकोण राख्न थालेको भन्दै विश्व प्रष्पिर्धाको केन्द्र एसिया–प्रशान्त क्षेत्र बन्न थालेको प्रतिवेदनमा जनाइएको छ । अमेरिकाले अगाडि सारेको इण्डो–प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित रहेको ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘लामो समयसम्म युरोप–अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय, शक्तिशाली राष्ट्रका रुपमा रुसको पुनरागमन, ब्रिक्स, साङघाइ सहकार्य संगठन लगायत क्षेत्रीय शक्ति र संगठनहरुको भूमिकाले चुनौति दिएका छन् ।’ प्रतिवेदनमा उल्लेख छ । एमाले अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा विश्व बहुध्रुवीय बन्दै गएको पनि उल्लेख गरेका छन् ।
ओलीले चीनको विकाशलाई अभूतपूर्ण भनेका छन् । चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा चीनले हासिल गरेको प्रगति अभूतपूर्ण छ ।– प्रतिवेदनमा भनिएको छ ।
अफगानिस्तानबाट अमेरिका र नेटो गठबन्धनका सैनिकहरु बीस वर्षपछि पछाडि हटेको प्रतिवेदनमा उल्लेख छ । ‘यसले स्पष्ट पारेको छ–जुनसुकै बाहनामा गरिए पनि बाह्य हस्तक्षेप र आक्रमण गलत हो । त्यसको असफलता अनिवार्य छ । कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्बन्धित मुलुककै जनता हो, बाह्य शक्ति होइन ।’– प्रतिवेदनमा भनिएको छ ।
हेर्नुहोस् ओलीको विश्वदृष्टिकोण


















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया