सुदूरपहाडमा दुई हप्तामा तीनपटक भूकम्प
मेरोन्यूज
२०७८ असोज १६ गते ६:२०
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ ।
शुक्रबार पनि बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए
।
यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किमी भारत केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि असोज ४ गते दार्चुलाको खर्रा क्षेत्र आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरियो ।
लगातार भूकम्पको धक्का महसुसले यहाँ जोखिम बढ्दै गएको छ । भूकम्पले कुनै क्षति भने भएको छैन ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया