केपी ओली आत्मप्रशंसामा रमाएः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तानाशाहको आरोप लगाउँदै आत्मप्रशंंसामा रमाइरहेको टिप्पणी गरेका छन् ।
गृहजिल्ला तनहुँको भानु नगरपालिका– २ नारेश्वरटारमा शनिवार आयोजित पदस्थापन कार्यक्रममा उनले ओलीमाथि तानाशाहको आरोप लगाउँदै आत्मप्रशंसामा रमाएको टिप्पणी गरेका हुन् ।
’नेकपा एमालेको विधान अधिवेशन चलिरहेको छ । अधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएका छन् । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्बिर छैनन्,’ पौडेलले भने, ‘पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएका छन् । तानाशाहले हो आत्मप्रशंसा चाहने । ओली आत्मप्रशंंसामा रमाइरहेका छ्न् ।’
उनले ओलीले मुलुकमा तानाशाहतर्फ धकेल्न खोज्दा आफूले तनहुँबाट तानाशाहीविरुद्ध आन्दोलन सुरु गरेको पनि जिकिर गरे ।
‘ओलीले देशलाई तानाशाहीतर्फ लैजान खोजेका थिए । हामीले त्यसबाट बचायौं,’ पौडेलले भने– ‘सिंगो नेपाललाई निल्न खोजेका थिए । हामीले तनहुँबाटै चुनौती दिएका हौं । यो तानाशही सर्वसत्तावाद चल्दैन भनेर बन्दीपुरबाट मैले नै चुनौती दिएको हुँ ।’
लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले रास्ट्रपति पद अस्वीकार गरेको नेता पौडेलको भनाइ थियो । ’रामवरणजी रष्ट्रपति बन्दै गर्दा गिरिजाबाबुले मलाई राष्ट्रपति बन्नुस् भन्नुभएको थियो,’ उनले सम्झिए– ‘मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ।’
नेता पौडेलले पार्टीको जारी अधिवेशनले पार्टीमा नयाँ हलचल ल्याएको पनि बताए ।
पौडेलले पार्टीको देशैभर भइरहेको चुनावले पार्टीमा हलचल ल्याएको, रक्तसंचार ल्याएको उल्लेख गरे । ‘चुनावले नेपाली कांग्रेसलाई अझ बलियो बनाएको छ,’ पौडेलले भने–‘देशभर पार्टी चलायमान भएको छ । उर्जा उत्साहको लहर छाइरहेको छ।’

















11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सर्वोच्चको आदेशविरुद्ध ट्रम्प :विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया