बाबुरामको टिप्पणीः खड्गप्रसादको कुम्भमेला, निभ्ने बेलाको बत्ति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेको जारी विधान महाधिवेशनलाई निभ्नेबेलाको कुम्भमेला भनी टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी शुक्रबारबाट शुरु भएको विधान महाधिवेशनलाई ‘खड्गप्रसादको कुम्भमेला निभ्नेबेलाको बत्ति’ भनी टिप्पणी गरेका हुन् ।
‘लुटको धन फूपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ ।’ –डा. भट्टराईले एमालेको विधान महाधिवेशनलाई लक्षित गरी भनेका छन् ।
भट्टराईले सोही ट्वीटमा लेखेका छन्– ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्ततः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया ।’
डा. भट्टराईले गरेको यो ट्वीटलाई भने रिट्वीट गर्दै ट्वीटर प्रयोगकर्ताहरुले आफ्नो असफलतालाई बिर्सिएर अरुको आलोचना नगर्न सुझाएका छन् ।
हेर्नुहोस्, बाबुरामको ट्वीटः
खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया! pic.twitter.com/B8SzzMuaIK
— Baburam Bhattarai (@brb1954) October 2, 2021













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया