१६० जातका वनस्पति पहिचान

बलेवा । बागलुङ कालिका भगवती मन्दिर परिसरमा अवस्थित जंगलमा १६० जातका वनस्पतिको पहिचान भएको छ । मन्दिर परिसरका जंगलमा अध्ययन गरिरहेको वनस्पतिविद्को समूहले हालसम्म पहिचान भएका वनस्पतिको विषयमा जानकारी गराएको हो ।
मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्पति पहिचानमा सहज भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु भएको जनाएको छ । परिसरका सयौँ वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदैछ ।
मन्दिरमा करिब ४०० वर्ष पुराना रूख पाइएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । बोट, बिरुवा अध्ययन गर्दा केही महत्वपूर्ण वनस्पति फेला परेको अध्ययन टोलीमा सहभागी प्रवीण भण्डारीले बताए । उनी चीनमा वनविज्ञान विषयमा विद्यावारिधि अध्ययन गरिरहेका छन् । “जैविक विविधता र वनस्पतिको अभिलेखीकरणसँगै मन्दिर परिसरको जङ्गलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ”, उनले भने, “हामी अध्ययनकै क्रममा छौँ, मन्दिरको जंगलमा महत्वपूर्ण वनस्पति भुइँसुनाखरी फेला परेको छ ।” जंगलमा सर्पगन्धालगायत औषधीय गुण बोकेका वनस्पतिसमेत पाइएका छन् ।
मन्दिरको अधिकांश भू–भाग जङ्गलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष खड्काले बताए । “मन्दिरको आकर्षणका रूपमा रहेको जंगललाई संरक्षण गर्न त्यहाँ रहेका वनस्पतिको पहिचान थालिएको हो”, उनले भने । व्यवस्थापन समितिले मन्दिरमा दैनिक पूजाअर्चनाको प्रबन्ध मिलाउनुका साथै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रयासमा काम अघि बढाइरहेको छ । रासस
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया