आजै मन्त्रीहरूको सपथ हुन सक्छ : प्रचण्ड
एउटा पार्टीसँग एकताको छलफलमा जाँदै छु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार सम्भवत आजै हुने बताएका छन् । उनले आजै मन्त्रिपरिषद् विस्तार भएर सपथसमेत हुने बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन सरकारको नेतृत्व असार २९ यता गरे पनि अहिलेसम्म मन्त्रिपरिषद्लाई विस्तार गर्न सकिरहेका छैनन् ।
मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै देउवाको यसमा चर्को आलोचना हुँदै आइरहेको छ । सत्ता गठबन्धन दलका बीचमा मन्त्रालय भागबण्डाका कार्यदल तहमा आइतबार दिनभर छलफल भएको थियो । गठबन्धन दलभित्रका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आजै ५ दिनको अस्पताल बसाईपछि घर फर्केकै दिन माओवादी अध्यक्ष प्रचण्डले मनित्रपरिषद् विस्तार सम्भवत हुने बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् । ‘क्याबिनेट विस्तार गरेर आज सपथ ग्रहण गर्ने नभए टुंग्याउने काम भने हुन्छ,’ उनले भने ।
आफूले पार्टीभित्रको पुर्नगनठको कुरा गर्दा मान्छेहरूले अनेक कुरा गरेको भन्दै त्यसमा भ्रममा नपर्न बताए । पार्टीमा गुट भत्काउन खोजेको पनि प्रचण्डले बताए । पार्टीमा सबैको गुट हुने भए अध्यक्ष एक्लै हुन्छ नि भन्दै उनले त्यस्तो गुट पार्टीमा रहेछ भने भत्काउने बताए ।
उनले छिट्टै माओवादीमा ठूला ठूला नेता आउने दाबीसमेत गरे । ‘नाम नभनौं केही ठूलै नेताहरु पार्टीमा आउने गरी छलफल चलिरहेको छ,’ प्रचण्डले भने ।
उनले आजै एउटा पार्टीसँग एकताका लागि छलफल गर्न जान लागेको बताएका थिए । यद्यपि, उनले पार्टी र व्यक्तिका बारेमा भने केही उल्लेख गरेनन् ।

















राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया