धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
मेरोन्यूज
२०७८ असोज १९ गते १९:५९

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका थिए । उनलाई यसअघि असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकमा स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर उनको स्पष्टीकरण चित्तबुझ्दो नआएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको बताइएको छ ।
यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणकै कारण अर्थमन्त्रालयले ढुंगानालाई निलम्बन गरेको थियो ।
बोर्डको अध्यक्षमा रहँदा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा सिमेन्ट कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया