धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
मेरोन्यूज
२०७८ असोज १९ गते १९:५९

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका थिए । उनलाई यसअघि असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकमा स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर उनको स्पष्टीकरण चित्तबुझ्दो नआएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको बताइएको छ ।
यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणकै कारण अर्थमन्त्रालयले ढुंगानालाई निलम्बन गरेको थियो ।
बोर्डको अध्यक्षमा रहँदा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा सिमेन्ट कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।
सम्बन्धित
















सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
प्रतिक्रिया