टान पश्चिमाञ्चलद्वारा धवलागिरि हिमाल आरोही महिला सम्मानित

पोखरा । धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मंगलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ । नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उनीहरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।
उनले कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन पर्वतीय पर्यटनको पनि महत्पूर्ण भूमिका हुने जनाउँदै पूर्णिमा र पासाङ ल्हामु शेर्पाले साहस तथा लगावले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको शिर ठाडो गराउन सफल भएको बताए ।
सम्मानित आरोही पूर्णिमाले आरोहण आफैँमा चुनौतीपूर्ण काम भए पनि आफूले आत्मविश्वास र साहसका साथ धवलागिरि हिमाल आरोहण गर्न सफल भएको बताइन् । कार्यक्रममा अर्की आरोही पासाङ ल्हामु अस्वस्थ भएका कारणले कार्यक्रममा उपस्थित हुन भइन्न ।
सेभेन समिट ट्रेकिङ कम्पनीबाट दुवै जना यही असोज २ गते आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न सफल भएका थिए । फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले यसअघि सन् २०१८ मा सगरमाथा, सन् २०१७ मा मनास्लु र २०१९ मा आमाडब्बलम तथा सन् २०२१ मा अन्नपूर्ण हिमालसँगै धवलागिरि हिमाल पनि आरोहण गर्न सफल भएकी छन् । टान पश्चिमाञ्चलको सचिवालयमा संस्थाका पदाधिकारी र सदस्यको उपथितिमा आयोजित सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मिलन तिवारी जानकारी दिए । रासस
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया