चितवन टाइगर्स ईपीएलको फाइनलमा

काठमाडौं । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा ग¥यो ।
चितवनको जीतमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
हसिम अन्सारीले अविजित १४ रन जोडे भने करिम जनत ४ रनमा अविजित रहे । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनील धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।
त्यसैगरी लोकेश बम ५, सहन अर्चाचिगे ३, विक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।
पोखरालाई सस्तैमा समेट्न क्रममा चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए भने सोमपाल कामी र करिम जनतले १/१ विकेट झारे ।

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया