ब्राजिलसँग भेनेजुएला ३-१ ले पराजित
मेरोन्यूज
२०७८ असोज २२ गते ८:५४

काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत ब्राजिलले भेनेजुएलालाई ३-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले जित हात पारेको हो ।
खेलको ११औं मिनेटमा भेनेजुएलाका एरिक रामिरेजले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको ७० मिनेटपछि ब्राजिलले ३ गोल फर्काएको थियो । ७१औं मिनेटमा ब्राजिलका मार्क्विन्होसले गोल गरेर खेललाई बराबरीमा रोकेका थिए ।
गाब्रिएल बारबोसाले ८५औं र एन्टोनीले इन्जुरी टाइममा गोल गरेपछि ब्राजिलले सहजै जित हात पारेको हो । छनोटमा लगातार ९ खेल जितेको ब्राजिल २७ अंकसहित शीर्ष स्थानमा छ । भेनेजुएला १० खेलबाट ४ अंकसहित १०औं स्थानमा छ ।
सम्बन्धित












मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया