न्याय माग्न २० दिन हिँडेर नेपालगन्जदेखि काठमाडौँसम्म (फोटोफिचर)

काठमाडौँ । न्याय माग्दै नेपालगन्जबाट पदैलयात्रा गरेर महिलाहरु काठमाडौँ आइपुगेका छन् । शुक्रबार बिहान काठमाडौँ आइपुगेका उनीहरु न्याय माग्दै माइतीघर मण्डलामा भर्ना दिइरहेका छन् ।

उनीहरु नेपालगन्जबाट २० दिन लगाएर काठमाडौँ पुगेका हुन् । न्यायका लागि महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जना नेपालगन्जदेखि पैदलयात्रामा काठमाडौँ आएका हुन् । उनीहरूले ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार’ भन्दै २० दिनदेखि पैदलयात्रा गरेका हुन् ।

उनीहरूले नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मी हत्याका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । २० दिनदेखि पदैलयात्रा गरेर काठमाडौँ आएकी रुबु खानले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई कारबाही गर्नुपर्ने बताएकी छन् । बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुमी हत्यामा किटानी जाहेरी दिँदा पनि एसपी अधिकारी र डिएसपी न्यौपानेलाई अनुसन्धान अगाडि नबढाएको महिलाहरूले बताएका छन् ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया