वडा सदस्यको निधन
मेरोन्यूज
२०७८ असोज २३ गते १४:०८
बैतडी । आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका १ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।
मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि महेन्द्रनगर पुगेकी थिइन् ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सदस्यमा निर्वाचित भएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया