आइतबार, माघ २७, २०८१

थाङ्कामा लुकाएर चरेश तस्करी गर्ने ७ जना पक्राउ

मेरोन्यूज २०७८ असोज २४ गते १७:१०

काठमाडौं । थाङकामा लुकाएर कुरिअरमार्फत हङकङमा चरेश तस्करी गर्ने गिरोह समातिएको छ । लागू औषध नियन्त्रण ब्यूरोले सात जनालाई पक्राउ गरेको हो ।

Advertisement

गत १४ असोजमा ब्यूरोले सुरुमा ललितपुरको मानभवनस्थित ब्लु स्टार कार्गोमार्फत हङकङमा पठाउन लागिएको नौ वटा थाङकामा तीन केजी ५९ ग्राम चरेश बरामद गरी अन्जित थापालाई पक्राउ गरेको थियो ।

गिरोहमाथि अनुसन्धान गर्ने क्रममा सुजन श्रेष्ठ, जालिन्द्र श्रेष्ठ, दिन दयाल महतो उराव, दिपेन्द्र महतो उराव, रबि मोक्तान र मोतीलाल तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट जम्मा ७ किलो ९ सय ७७ ग्राम चरेश बरामद गरेको छ । पक्राउ परेका उनिहरुलाई अनुसन्धान गर्दा ति सबै चरेशहरु लुकाई कार्गोबाट हङकङ लैजाने तयारीमा रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया