मंगलबार, फागुन ६, २०८१

बसले ठक्कर दिँदा बालकको मृत्यु

मेरोन्यूज २०७८ असोज २४ गते २०:५३

चितवन । भरतपुर महानगरपालिका ७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको ना १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।

Advertisement
IMEnabil

बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

बालकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया