नक्कली टिकट बेच्ने दुई जना पक्राउ
मेरोन्यूज
२०७८ असोज २५ गते ११:५९
काठमाडौँ । सुर्खेत बसपार्कमा नक्कली टिकट बेच्ने व्यक्ति पक्राउ परेका छन् । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका ४ का प्रकाश शाही र वीरेन्द्रनगर ६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट एक ठेली नक्कली टिकट बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।
देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच गरेको प्रहरीले जनाएको हो ।
सम्बन्धित
प्रतिक्रिया