गृहमन्त्री बालकृष्ण खाण र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेशन अफ दी युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेका छन् ।
गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गर्नुभयो । उहाँले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा नेपाल सरकारले गरेको बताए ।
‘नेपाललाई अहिलेसम्म युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद छ । आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने छ भन्ने अपेक्षा नेपाल सरकारको छ,’ मन्त्री खाणले भने, ‘नेपाल सरकार युरोपियन युनियनसँग संगै काम गर्न तयार छ ।’ युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ ।
राजदूत डिप्रेजले विपद्को क्षेत्र हरियाली जोगाउन र संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएका थिए ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया