टुँडिखेलमा यसरी गरियो फूलपाती बढाइँ (फोटो फिचर)

काठमाडौं । नेपाली सेनाद्दारा फुलपातीको बढाईँ कार्यक्रम आयोजना भएको छ । सैनिक मञ्च टुँडिखेलमा सेनाले आज एक विशेष कार्यक्रमको आयोजना गरी फुलपातीको बढाईँ कार्यक्रम आयोजना गरेको हो ।
समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरिएको थियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भएको थियो । नेपाली सेनाद्दारा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति पनि हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सहभागिता रहेको थियो ।
त्यस्तै, मन्त्रिगण, सवैधानिक निकायका प्रमुुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुुख, समाजका विभिन्न क्षेत्रका ब्यीक्तहरुको पनि उपस्थिती रहेको थियो ।
बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
प्रतिक्रिया