आइतबार, माघ २७, २०८१

झण्डै आठ लाख मानिसले छाडे काठमाडौं उपत्यका

मेरोन्यूज २०७८ असोज २७ गते १३:५७

काठमाडौं । दसैंमा मनाउन झण्डै आठ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासका अनुसार सात लाख ९२ हजार मानिसले उपत्यका छाडेका हुन्।

असोज ११ गतेदेखि मंगलबार राति १२ बजेसम्मको विवरण अनुसार सो संख्यामा मानिसहरूले उपत्यका छाडेका हुन्।

काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट उनीहरू बाहिरिएका छन्।

जसमध्ये अधिकांश नागढुंगा र साँगा नाकाबाट बाहिरिएका हुन्। फर्पिङबाट थोरै संख्यामा मात्रै मानिसहरू बाहिरिएको प्रहरी उपरीक्षक दासले बताए।

यस्तै सवारीसाधन भने ११ लाख पाँच हजार बढी बाहिरिएका छन्। मानिसभन्दा सवारीसाधन बढी बाहिरिएकोबारे उनले कारण पनि बताए ।

‘कतिले मोटरसाइकल, कार वा गाडीमा सिट नभरी लगेका छन्। जसले गर्दा सवारीसाधन पनि धेरै भएको देखिन्छ,’ उनले भने।

महाशाखाले सडकमार्गबाट जानेहरूको मात्रै विवरण राख्ने गरेको छ।

प्रतिक्रिया