लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण
म्याग्दी । ढिलासुस्तिले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् ।
अन्नपूर्ण गाउँपालिकासँग विस२०७७ चैतमा दुई तले दश कोठे छात्रावास भवन निर्माणका लागि सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले लक्ष्य भन्दा दुई महिना अघिनै काम सकेको हो ।
आगामी मङ्सिर महिनासम्म म्याद भएपनि निर्माण व्यवसायीले भवन बनाइसकेका गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताए ।
“ठेक्का सम्झौता लगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, वर्षा शुरु भएपछिको बाढी पहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्य अघिनै भवन बन्यो”,उनले भने । रु. एक करोड ४८ लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि रु. एक करोड एक लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकता अनुसार निर्माण सामग्री, उपकरण जुटाएको, मजदुर परिचालन गरेको बताए ।
गाउँपालिका, वडा कार्यालय र समुदाय स्तरबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताए । शिक्षा, विज्ञान, प्रविधी मन्त्रालयको नमूना विद्यालय कार्यक्रम अन्तरगत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो ।
निर्माण भएको छात्रावास भवन आगामी तिहारलगत्तै प्रयोगमा ल्याउने तयारी गरेको ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो । “भवन बनेपछि घर टाढा भएका र बिहान बेलुकी अतिरिक्त कक्षा पढ्नुपर्ने दश कक्षाका विद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हेटेको छ”, उनले भने ।
कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानप्रकाश माविमा यसै वर्ष राष्ट्रिय पुननिर्माण प्राधिकरणको रु. ७० लाख अनुदान सहयोगमा चार कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको छ । नमूना विद्यालय कार्यक्रम मार्फतनै रु. ४२ लाखको लागतमा विद्यालय परिसरमा घेराबार गर्न पक्कि पर्खाल र शौचालय निर्माण भइरहेको प्रअ नेपालीले बताए ।
पाँच वर्षे नमुना विद्यालय कार्यक्रम अन्तरगत रु। दश करोड लागतमा पूर्बाधार निर्माण र शैक्षिक सुधारका गतिविधि सञ्चालन गरिने भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा पठनपाठन सञ्चालन गरेको ज्ञान प्रकाश माविमा कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय छ ।
कक्षा ५ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन गराइने यस विद्यालयको आधारभूत तहको कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर पठनपाठन गर्ने विधि अपनाइएको छ ।















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया