हृदयघातको ७ लक्षण, जो हामीले ख्याल गर्दैनौँ

काठमाडौँ । छातीमा दुखाई वा जलन हुनु हृदयघात (हार्टअट्याक)को सबैभन्दा सामान्य लक्षण हो । यस लक्षणका बारेमा धेरै मानिसहरू जानकार रहेका छन् ।
हृदयघातका केही यस्ता लक्षणसमेत रहेका छन् । जसले हृदयघातको संकेत गरेको हुन्छ । तर, हामीले कुनै चासो देखाएका हुँदैनौँ । यसबारे कसैलाई थाहा नहुन पनि सक्छ ।
अमेरिकाको पेन स्टेट हार्शेका ‘हार्ट एण्ड भास्कुलर इन्स्टिट्यट’का डा. चार्ल्स च्याम्बर्स भन्छन्, –‘मुटुका ती लक्षणहरू सम्झन जरूरत हुन्छ, जसमा धेरै कम मानिस मात्रै सचेत रहेका छन् ।’
हृदयघातको लक्षणहरू यस प्रकारका रहेका छन् ।
हातमा दुखाई हुनु
मानिसको शरीरमा बायाँ भागमा दुखाई हुनु भनेको हृदयघातको संकेत हो । डा. च्याम्बर्स भन्छन्, –‘छातीबाट सुरू भएको यो दुखाई शरीरको बायाँ भागमा फैलिएको हुन्छ ।’
मेरो सामू केही यस्ता विरामी आएका थिए, जसको हातमा पीडा भइरहेको थियो, पछि उनलाई हृदयघात हुनपुग्यो,’ उनले भने । यसैले यस्ता लक्षणमाथि सबैले ध्यान दिन आवश्यक हुन्छ ।
घाँटी दुख्नु
घाँटीमा दुखाई हुनलाई पनि हृदयघातको एक लक्षणका रूपमा लिन सकिन्छ । छातीमा दबाब हुँदै यो दुखाई घाँटीमा पुग्ने गर्दछ ।
यदि, तपाईहरूको घाँटीमा निरन्तर दुखाई महसुस हुन्छ भने चाँडोभन्दा चाँडो उपचार तथा डाक्टर कहाँ जानु पर्दछ । जसले समयमा नै उपचार प्राप्त गर्न सकिन्छ ।
चक्कर आउनु
मुटु विशेषज्ञ डाक्टरहरूका अनुसार लगातार चक्कर लाग्नु पनि हृदयघातको लक्षण हो । यदि, मुटुले जति रगत राम्रोसँग पम्प गर्न नसक्ने क्षमता राख्दछ, त्यो अवस्था नहुँदा चक्कर लाग्ने गर्दछ । अझ भनौँ, मुटुको चाल कम हुँदा चक्कर लाग्ने गर्दछ । यस अवस्थामा विरामीले पूरा रूपमा आफूलाई चक्कर लागेको महसुस गर्न सक्दछन् ।
खुट्टा दुख्नु
डाक्टरहरूले खुट्टा दुख्नु पनि हृदयघातको लक्षण हुन सक्ने बताएका छन् । अस्वभनीय रूपमा खुट्टा दुख्नु भनेको हृदय रोगको जटिल अवस्था पुग्नु रहेको डा. च्याम्बर्स बताउँछन् ।
विशेषज्ञका अनुसार हृदयघात हुन अघि मुटुले रगत पम्प गर्न नसक्दा खुट्टा दुख्ने गर्दछ । यदि, खुट्टा दुख्ने समस्य छ भने पनि डाक्टर कहाँ जानु पर्दछ ।
जाडोमा पसिना आउनु
जाडो महिनामा समेत पसिना आउँछ भने हृदयघातको लक्षण हुन सक्दछ । जाडो महिनामा समेत पसिना आउने भए तुरून्त डाक्टरको सल्लाह अनुसार उपचार गर्नु पर्दछ ।
यस्तै, केही व्यक्तिमा हृदयघात हुनुपूर्व वान्ता हुने समेत हुने गर्दछ ।
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया