सिन्धुपाल्चोकमा भूकम्पको धक्का
मेरोन्यूज
२०७८ कार्तिक १ गते १४:१६
काठमाडौँ । सिन्धुपाल्चोकको पाङफुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस भएको थियो ।
आइतबार बिहान पनि गोरखा केन्द्र बिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सम्बन्धित
प्रतिक्रिया