मंगलबार, फागुन ६, २०८१

विमानस्थलको अनियमित अन्त्य गर्छु : मन्त्री आले

मेरोन्यूज २०७८ कार्तिक १ गते १५:२१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमन गर्दै उनले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए ।

Advertisement
IMEnabil

उनले अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, पसलले यात्रुलाई चिया–कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताउएका हुन् । यसैगरी आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको उनले जानकारी दिए ।

‘भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो,’ उनले भने । आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा आज गन्तव्यमा पुर्याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन)को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए ।

मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताए ।

प्रतिक्रिया