राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारले निर्णय गरेको छ । उनलाई प्रक्रिया पूरा गरेर बर्खास्त गर्ने सरकारले निर्णय गरेको छ ।
अघिल्लो केपी ओली नेतृत्वको सरकारले सदस्य सचिव नियुक्त गरेका सिलवाल एमाले निकटका हुन् । उनलाई वर्खास्त गरी नयाँ राखेप सदस्य सचिव नियुक्तिको तयारीका लागि सोमबार मन्त्रीपरिषद् बैठकमा निर्णय भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकलाई यस बारेमा प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको अनुमतिपछि अव सिलवाललाई प्रक्रिया पूरा गरेर सरकारले बर्खास्ती गर्ने सरकारका एक मन्त्रीले जानकारी दिए । उनलाई दशैं अगाडी नै स्पष्टीकरण सोधिएको थियो । त्यही स्पष्टीकरणको प्रक्रियाका आधारमा सरकारले उनलाई बर्खास्त गरेको हो ।
सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पूनः १२ साउन २०७७ मा नियुक्त गरेको थियो ।
ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए । त्यसपछि सिलवाललाई तत्कालिन प्रधानमन्त्री केपी ओलीको दवावमा नियुक्त गरिएको थियो ।
त्यस्तै सरकारले केपी ओली नेतृत्वको सरकारले नै नियुक्त गरेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोक्कालाई पनि बर्खास्त गर्ने तयारी गरेको छ । उनीहरुलाई पनि वर्खास्त गर्ने प्रक्रियाका लागि सरकारले स्पष्टीकरण दशै अगाडी नै सोधिसकिएको छ । उक्त प्रस्ताव पनि सोमबारको मन्त्रिपरिषद बैठकमा पुगेको छ । उनीहरुलाई अव प्रक्रिया पूरा गरेर हटाइने ति मन्त्रीले बताएका छन् ।
















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया