गुल्मीमा खोलाले बगायो जीप

गुल्मी । गुल्मीमा खोलालो जीप बगाएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा बढेको खोलाले जिप बगाएको हो । सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अपराह्न दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जिप रोकिएपछि यात्रुहरु तत्कालै जिपबाट झरेका थिए । जिपमा सवार नौ जना यात्रु जिपबाट झरेलगत्तैे ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जिपलाई बगाएर बढीघाट खोलामा पु¥याई बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिएका छन् ।
दुई दिनदेखिको लगातार वर्षाका कारण डहरे खोलाले बगाएको उक्त जिप बाढीले नजिकै रहेको बढीघाट खोलामा पुर्याएपछि यात्रुहरुले हेर्दाहेर्दै जिप खोलाको भेलसँगै बेपत्ता बनेको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटना स्थलमा पुगे पनि खोलाले बगाएको उक्त सवारी साधन अझै फेला पर्न सकेको छैन । अविरल वर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको अध्यक्ष ढकालले जानकारी दिए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया